अर्थ संसार, काठमाडौं – लक्ष्मी बैंक लिमिटेडले शेयरधनीहरुको बैंक खातामा धमाधम नगद लाभांश पठाइरहेको छ । बैंकको पुस ६ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाले पारित गरेसँगै बैंकले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्न थालेकाे छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बैंकले मंसिर २३ गते बुकक्लोज गरेको थियो । बैंकले मंसिर २२ गतेसम्म कायम शेयरधनीहरुको बैंक खातामा ५ प्रतिशत नगद लाभांश जम्मा गरेको छ ।
बैंकले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी हितग्राही खाता तथा बैंक खाताको विवरण बुझाउन अनुरोध गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस