Like us!
Follow us!
Connect us!
Watch us!

समता लघुवित्तकाे लिलामी शेयर खुल्याे, के-के छन् प्रकृया ?

निशा हुमाँगाई

शुक्रबार, ११ पुस २०७६, १२ : २९ मा प्रकाशित

समता लघुवित्तकाे लिलामी शेयर खुल्याे, के-के छन् प्रकृया ?

 अर्थ संसार, काठमाडौं – आज (शुक्रबार) बाट समता लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६१ हजार ७३८ कित्ता हकप्रद शेयर लिलामी बिक्रीखुल्ला गरेको छ ।

कम्पनीले बिक्रीमा ल्याएको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयरमा ८४ हजार ५९८ कित्ता संस्थापक र ७७ हजार १४० कित्ता साधारण शेयरगरी कूल १ लाख ६१ हजार ७३८ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर लिलामीमार्फत ल्याएकाे हाे ।

लिलामी शेयरमा लगानीकर्ताले पुस २२ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । उक्त शेयरमा न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ ।

लिलामी शेयरमा लगानीकर्ताले एनआईबिएल एस क्यापिटल, तथा नेपाल इन्भेष्टमेन्ट बैंकको तोकिएका शाखा कार्यलय मार्फत आवेदन दिन सक्नेछन् ।यसका साथै ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको