अर्थ संसार, काठमाडौं - राजधानीको भृकुटीमण्डप छिर्ने वित्तीकैको दायाँपट्टिको चौरमा प्रिमियम स्तरको जुत्ताचप्पलको कर्पोरेट फुटवेयर एक्स्पो सुरू भएको छ ।
कर्पोरेट तहका ग्राहकलाई लक्षित गरी शिखर सुज, रन सुज, विएफ डियर हिल सुज र सुल्याण्ड ब्राण्डले संयुक्त रुपमा पहिलो पटक कर्पोरेट फुटवेयर एक्स्पो आयोजना गरेका हुन् । मेलामा भर्खरै उत्पादन गरिएका नयाँ मोडलका जुत्ताचप्पल राखिएको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए ।
मेलामा सरकारी कर्मचारी, कर्पोरेट तहका कर्मचारी, शिक्षक, सैनिक, प्रहरीलगायतका कामकाजी ब्यक्तित्वहरुले आफ्नो परिचयपत्र देखाएर थप १५ प्रतिशत छुट पाउने न्यौपानेले जानकारी दिए ।
‘हामीले कर्पोरेट तहका कर्मचारीलाई लक्षित गरेर मेला आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘उहाँहरुले मेलामा विशेष छुटमा जुत्ताचप्पल पाउनु हुनेछ ।’ मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपलभोक्ताले पाउने छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् ।
मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा स्टक क्लियरेन्स गरिने जुत्ताचप्पलमा दिँदै आएको ७० प्रतिशत छुट सुविधा पनि उपलब्ध हुने शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइँले बताए ।
‘अहिलेसम्म भृकुटीमण्डपमा सेल मेलामात्र हुँदै आएका थिए,’ उनले भने, ‘हामीले पहिलो पटक प्रिमियम लेभलको फुटवेयर एक्स्पो गर्न लागेका हौं ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस