अर्थ संसार, काठमाडाैं - नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज (आइतबार) अन्तिम दिन रहेकाे छ । बैंकले ३३औं वार्षिक साधारण सभा पुष २८ गते राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा (बिहान १० बजे) गर्ने भएकाे छ । बैंकले सभा प्रयोजनका लागि भाेली (सोमबार) देखि बुक क्लोज गर्दैछ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १९% लाभांश पारित गरिनेछ । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०.५% बोनस सेयर र ८.५% नगद लाभांश गरी कूल १९% लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त सभामा अन्य कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १४ गतेदेखि वार्षिक साधारण सभा सम्पन्न नभएसम्म बुक क्लोज गर्ने भएकाे छ । पुस १३ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।
हाल यस बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार रुपैयाँ पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस