Like us!
Follow us!
Connect us!
Watch us!

'मेरो सुन जस्तो कम्पनीको शेयर अहिले पित्तलको भाउमा छ, शेयर होल्ड गर्नुहोस् अन्यथा प्रतिफल अर्काले खाइदेला' (भिडियोसहित)

अर्थ संसार

बुधबार, १६ पुस २०७६, १७ : ०३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  अरुण काबेली पावर लिमिटेडका अध्यक्ष गुरु प्रसाद न्यौपानेले आफ्नो ग्रुपले निर्माण गरेको जलविद्युत कम्पनीको शेयर नबेच्न शेयरधनीलाई आग्रह गरेका छन् । अरुण काबेली पावर लिमिटेडको नवौं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष न्यौपानेले  भने ‘ मेरो सुन जस्तो कम्पनीको शेयर मूल्य अहिले पित्तलको भाउमा छ, शेयर होल्ड गर्नुहोस् राम्रो प्रतिफल अरुले नै  खाइदेला ।’

केहि महिनाअघि मात्रै गुरु प्रसाद न्यौपानेको ग्रुपद्धारा निर्माण गरिएको तीन परियोजना सम्पन्न गरी  ४३ मेगावाट क्षमताको  विद्युत उत्पादन गरी राष्ट्रिय ग्रिडमा जडान गर्न सफल भएको थियो ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनी लिमिटेड, रिडी हाइड्रोपावर कम्पनी, रैराङ हाइडोपावर डेभपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर कम्पनी अहिले दोस्रो बजारमा नेप्सेमा सूचिकृत भई कारोबार भैरहेको छ ।

हेरौं भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको