Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षमा टाटा मोटर्सको नयाँ कार योजना

अर्थ संसार

बुधबार, १६ पुस २०७६, १८ : ५१ मा प्रकाशित

नयाँ वर्षमा टाटा मोटर्सको नयाँ कार योजना

अर्थ संसार, काठमाडौं– नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ ।

उक्त योजनामा सहभागी हुन ग्राहक महानुभावहरुले  टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन ।

साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा रु. १,००,००० सम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज डिनर लगायतका विशेष आर्कषणहरु रहेका छन् ।

सिप्रदी ट्रेडिङ प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत  राजनबाबु श्रेष्ठले भन्नुभयो “टाटा मोटर्सको प्यासेन्जर कारहरूका लागि अल न्यू ज्यानुअरी थिम प्रस्तुत गर्न पाउँदा एकदमै खुसी छौँ । यो थिमले एउटा ग्राहकले नयाँ वर्षको सुरुवातमा के चाहान्छन् भन्नेलाई सम्बोधन गर्दछ । एउटा राम्रो कारले तपाईँलाई आफ्नो परिवारसँग मिलन गराउँछ । आरामदायी यात्रा, सुरक्षा तथा थप विशेषता भनेकै टाटाले ब्रान्डका रूपमा आफ्ना ग्राहकहरूलाई प्रदान गर्ने कुराहरू हुन् । ”

टाटा मोटर्सका कन्ट्री म्यानेजर श्री अजित नारायण सिंहले भन्नुभयो “ न्यू इयर कार थिम ज्यानुअरी महिनाभरि नै लागू हुनेछ । यो थिम अन्तर्गत धेरै इभेन्टहरू छन् ।

त्यसैले यो महिनाभरिका लागि कुनै पनि टाटा प्यासेन्जर कारहरूको खरिदमा एकजोडीलाई सिंगापुर क्रुज प्याकेज पनि पुरस्कार दिइने घोषणा गर्दछौँ । एक्सचेन्ज सहज बनाउनका लागि हामीले रुपैयाँ एक लाखसम्मको एक्सचेन्ज बोनस दिदँछौँ । त्यसैले नयाँ वर्ष २०२० लाई घरमा टाटा मोटर्सका कारहरू भित्र्याई खुसी साथ स्वागत गरौँ ।”

 साथै नयाँ वर्षको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा पाल्नुभइ नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कंम्पनिले अनुरोध गरेको छ । यो योजना जनवरी २०२० सम्म मात्र लागू हुनेछ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको