Like us!
Follow us!
Connect us!
Watch us!

आज इन्फिनिटी लघुवित्त र पोखरा फाइनान्सकाे साधारण सभा, यी एजेन्डामा छलफल हुँदै

निशा हुमाँगाई

शुक्रबार, १८ पुस २०७६, १० : ०८ मा प्रकाशित

आज इन्फिनिटी लघुवित्त र पोखरा फाइनान्सकाे साधारण सभा, यी एजेन्डामा छलफल हुँदै

अर्थ संसार, काठमाडौं - आज (शुक्रबार) इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र पोखरा फाइनान्स लिमिटेडकाे साधारण सभा हुँदैछ । 

इन्फिनिटी लघुवित्तको सभा सहमति संस्था विजयचोक, नवलपुरमा बिहान ११ बजे सुरु हुनेछ । त्यसैगरी, पोखरा फाइनान्सको २३औं वार्षिक साधारण सभा दरबारथोक बैंक्वेट, बाँस्तोलाथर, पोखरामा बिहान ९ बजेदेखि शुरु भएको छ ।

'मेरो सुन जस्तो कम्पनीको शेयर अहिले पित्तलको भाउमा छ, शेयर होल्ड गर्नुहोस् अन्यथा प्रतिफल अर्काले खाइदेला' (भिडियोसहित) 

यस्तै, इन्फिनिटी लघुवित्तले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने र ५ प्रतिशत कर प्रयोजन गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ ।

साधारण सभामा अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिसन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने  लगायतका एजेन्डामा छलफल हुनेछ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ४ गतेदेखि बुकक्लोज गरेकाे थियाे । त्यसैले पुस ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

यसका साथै, पोखरा फाइनान्सले सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र ७.२० प्रतिशत नगद गरि १४.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डामा छलफल हुनेछ ।

यस्तै, साधारण सभा प्रयोजनको लागि फाइनान्सले पुस ४ गतेदेखि बुकक्लोज गरेकाे थियाे । तसर्थ, पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको