Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंककाे एटीएममा मास्टरकार्ड  सेवा सुरु

निशा हुमाँगाई

शुक्रबार, १८ पुस २०७६, १६ : ४३ मा प्रकाशित

सिटिजन्स बैंककाे एटीएममा मास्टरकार्ड  सेवा सुरु

अर्थ संसार, काठमाडौं – सिटिजन्स बैंकले आफ्नो एटीएममा मास्टरकार्ड  सेवाकाे सुरुवात गरेको छ । उक्त सेवाकाे सुरूवात भएसँगै अब बैंकको एटिएममा मास्टरकार्ड, मास्ट्रो तथा क्रुस ब्राण्डका कुनै पनि कार्ड चल्ने बैंकले जनाएकाे छ ।

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि विभिन्न देशबाट आउने पर्यटकलाई फाइदा पुर्याउने हिसाबले यो सुविधा सुरु गरिएको बैंकले बताएकाे छ । बैंकले यस अघि नै भिसा तथा युनियन पेसँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको थियो ।

हाल बैंकले देशैभरि गरेर ८५ ठाउँबाट एटिएम सुविधा दिँदै आएको छ । अब यी सबै एटिएममा मास्टरकार्ड चल्ने भएका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको