Like us!
Follow us!
Connect us!
Watch us!

नौ महिनादेखि तलब विहिन कर्मचारी

निशा हुमाँगाई

शुक्रबार, १८ पुस २०७६, १४ : २९ मा प्रकाशित

नौ महिनादेखि तलब विहिन कर्मचारी

अर्थ संसार काठमाडाैं -  कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ हल्दुखालमा अवस्थित ­महाकाली जनसेवा माध्यमिक विद्यालयका कर्मचारीले तलब पाएका छैनन् । आर्थिक स्रोत जुटाउन नसक्दा विद्यालयका कर्मचारी र निजी स्रोतका शिक्षकले नौ महिनादेखि तलब नपाएका हुन् । 

चार जना कर्मचारी, कक्षा ११ र १२ का दुई जना शिक्षकले तलब पाउन नपाएका हुन् । नौ महिनादेखिको तलब पाउन बाँकी रहेको विद्यालयमा कार्यरत शिक्षक शेरसिंह धाँमीले बताएका छन् ।  

"विद्यार्थीको सङ्ख्या थोरै हुँदा उठ्ने शुल्कले विद्युत् महशुल, फर्निचर मर्मत, मसलन्द खरिद गर्नकै लागि पुग्दैन" विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीले बताए, “त्यसैले कर्मचारी र शिक्षकको पूरै तलब भुक्तान गर्न सकेका छैनौँ ।”  

विद्यालयको घाटापूर्ति नहुँदा अन्यौलता बढेको छ उनले भने, “विद्यालय सञ्चालन गर्न निकै समस्या छ । पढाई प्रभावित नभए पनि तलब नपाउँदा शिक्षकको मानसिकरुपमा असर हुदा पढाइको गुणस्तरमा प्रभाव पर्नु स्वभाविक नै हो ।”

उक्त विद्यालय विसं २०२९ मा स्थापना भएको थियो । - रासस

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको