Like us!
Follow us!
Connect us!
Watch us!

गायिका त्रिशाला गुरुङ चढेको मोटरसाइकल दुर्घटना

सराेज खनाल

मंगलबार, २२ पुस २०७६, १२ : ५७ मा प्रकाशित

गायिका  त्रिशाला गुरुङ चढेको मोटरसाइकल दुर्घटना

सुरिलो स्वरकी धनी गायिका त्रिशाला गुरुङ चढेको मोटरसाइकल दुर्घटना भएको छ ।

दुर्घटनाका कारण उनको निधारमा चोट लागेको छ भने एउटा आँखा पनि निलो भएको छ । साथै उनका हत्केला र हातमा पनि चोट लागेको उनले जानकारी दिएकी छिन् ।

त्रिशालाले आफ्नो आधिकारिक फेसबुक पेजमा यसबारे जानकारी दिएकी हुन् । उनले फेसबुकमा दुईवटा भिडियो स्टोरी राखेर उक्त दुर्घटनाबारे बताएकी हुन् ।

त्रिशालाले पठाओ सेवा प्रयोग गर्दा दुर्घटनामा परेको पनि जानकारी दिइन् । यद्यपि, दुर्घटनाका लागि पठाओ सेवा र चालकलाई दोष दिन भने नचाहेको उनले स्पष्ट पारिन् । पछाडि बस्नेलाई पनि हेल्मेट दिने वा अनिवार्य रुपमा हेल्मेट  लगाउनै पर्ने नियम बनाए यस्ता सेवा अझै राम्रो हुने भन्दै उनले पठाओलाई सल्लाह पनि दिएकी छिन् ।

त्रिशालाले विभिन्न कभर गीतहरु गाउने गर्छिन् । नेपाली सांगितिक क्षेत्रमा उनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भइसकेकी छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको