Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार कुन देशको विनिमयदर कति ?

निशा हुमाँगाई

बुधबार, २३ पुस २०७६, ११ : ३५ मा प्रकाशित

बुधबार कुन देशको विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बुधबार) कोरियन वन र  मलेसियन रिंगिटकाे भाउ बढेकाे छ भने अरु विदेशी मुद्राकाे भाउ घटेकाे छ ।

 नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार बुधबार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा रहेकाे छ ।

त्यसैगरी, बुधबार एक कुवेती दिनारको खरिददर ३ सय ७८ रुपैयाँ १५ पैसा र बिक्रीदर ३ सय ८० रुपैयाँ १३ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको  खरिददर ३ सय ४ रुपैयाँ ३ पैसा र बिक्रिदर ३ सय ५ रुपैयाँ ६३ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १ पैसा र बिक्रीदर २८ पैसा १५ पैसा  तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा तोकिएको छ ।

यसका साथै, बुधबार एक युएई दिरामको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको