अर्थ संसार, काठमाडौं- अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारणसभा बुधबार मैत्रीहल, ईन्द्रेणी फूडल्याण्ड, काठमाडौंमा सम्पन्न भएको छ ।
साधारणसभाले प्रस्तावित ७ प्रतिशत बोनश शेयर र ०.३७ प्रतिशत नगद लाभाश, आर्थिक वर्ष २०७६/ ७६ को वार्षिक प्रतिवेदन स्वीकृत, बोनस शेयर जारी गर्दा खण्डिकृत  भएका सम्बन्धित शेयरधनीको नाममा जगेडा राख्ने, बोनस शेयर वित्तरण पश्चात कम्पनीको पुँजी बृद्धि हुने भएकोले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा प्रस्ताव गरिए बमोजिम थपघट गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।
यसका साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि कम्पनीले पुस १० गते बुकक्लोज गरेको थियो ।
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस