Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले गर्याे वैद्यनाथ वेद विद्याश्रमलाई सहयोग

निशा हुमाँगाई

विहीबार, २४ पुस २०७६, १६ : ५२ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले गर्याे वैद्यनाथ वेद विद्याश्रमलाई सहयोग

अर्थ संसार, काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले वैद्यनाथ वेद विद्याश्रम, अछामलाई रू. १ लाख ५० हजार रूपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । 

श्री वैद्यनाथक्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशद ज्ञान भएका जनशक्ती उत्पादन गर्ने उद्देश्यले स्थापित गरिएकाे हाे ।

बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आज (बिहिबार) सम्पन्न एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछाने ज्युले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक श्री मोतीलाल बोहोरा ज्युलाई उल्लेखित रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

बैंकले वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरूका लागि खाना, बास, कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस् भन्ने हेतुले उक्त सहयोग गरेको हो ।

बैंकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरू गर्दै जाने  प्रतिवद्धता जनाएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको