Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे अन्तिम दिन यस्ताे छ विदेशी मुद्राकाे विनिमयदर

निशा हुमाँगाई

शुक्रबार, २५ पुस २०७६, ११ : ०३ मा प्रकाशित

साताकाे अन्तिम दिन यस्ताे छ विदेशी मुद्राकाे विनिमयदर

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) पनि अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।

 नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११४ रुपैयाँ २४ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा रहेकाे छ ।

त्यसैगरी, शुक्रबार एक कुवेती दिनारको खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४८ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ०३ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ पैसा ९३ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ ।

यसका साथै, शुक्रबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको