Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंककाे साधारण सभा आज, शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

आइतबार, २७ पुस २०७६, १० : १३ मा प्रकाशित

कृषि विकास बैंककाे साधारण सभा आज,  शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – कृषि विकास बैंकले आज (आइतबार) बैंककाे १३ औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । उक्त सभा केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा अहिले बिहान ११ बजेबाट शुरु हुनेछ ।

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत बोनस शेयर र करसहित २४ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बैंकले पुस  १३ गतेदेखि बुकक्लोज गरेको थियो । त्यसैले, पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको