Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोपावरकाे साधारण सभा आज हुँदै

निशा हुमाँगाई

आइतबार, २७ पुस २०७६, १० : ४० मा प्रकाशित

सानिमा माई हाइड्रोपावरकाे साधारण सभा आज हुँदै

अर्थ संसार, काठमाडौं – सानिमा माई हाइड्रोपावर कम्पनीको ८ औं वार्षिक साधारण सभा आज (आइतबार) हुँदैछ। उक्त सभा सेलिब्रेसन हाईट, सुकेधारा, काठमाडौंमा अहिले बिहान ११ बजेबाट शुरु हुनेछ ।

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि कम्पनीले पुस ७ गतेदेखि बुकक्लोज गरेको थियो । त्यसैले, पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको