Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे पहिलाे दिन यस्ताे छ विदेशी मुद्राकाे विनिमयदर

निशा हुमाँगाई

आइतबार, २७ पुस २०७६, १० : ५६ मा प्रकाशित

साताकाे पहिलाे दिन यस्ताे छ विदेशी मुद्राकाे विनिमयदर

अर्थ संसार, काठमाडौं –  नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज (आइतबार) नेपाली बजारमा एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेकाे छ ।

त्यसैगरी, आइतबार एक कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०५ पैसा तोकिएको छ । आज एक बहराईन दिनार एक को खरिददर  ३०० रुपैयाँ २५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८४ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा तोकिएको छ ।

यसका साथै, आइतबार एक युएई दिरामको खरिददर  खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको