अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज (बिहीबार) अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । बिहीबार नेपाली बजारमा एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेकाे छ ।
त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको १ को खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेकाे छ ।
त्यसैगरी, बिहीबार एक कुवेती दिनारको खरिददर ३७२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५० पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा रहेकाे छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७३ पैसा र बिक्रीदर २७ पैसा ८७ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा तोकिएको छ ।
यसका साथै, बिहीबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको छ । यस्तै, ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ०६ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस