Like us!
Follow us!
Connect us!
Watch us!

सिमेन्टमा नयाँ ग्रेड लागू हुँदै

अर्थ संसार

शनिबार, ०४ माघ २०७६, १२ : १९ मा प्रकाशित

सिमेन्टमा नयाँ ग्रेड लागू हुँदै

अर्थ संसार, काठमाडौं-नेपाल गुणस्तर तथा नापतौल विभागले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि छुट्टै मापदण्ड बनाएको छ ।

नेपाल गुणस्तर परिषद्को १०२ औँ बैठकले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि नयाँ मापदण्ड स्वीकृत गरेको हो । यसअघिसम्म सबै सिमेन्टको मापदण्ड एउटै थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपाल गुणस्तरलाई परिमार्जनसहित स्वीकृत गरेको हो ।

 नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ३३ ग्रेडका लागि एउटा र ४३ तथा ५३ ग्रेडका लागि अर्को मापदण्ड स्वीकृत गरेको जानकारी दिनुभयो ।

 बैठकको निर्णयसँगै अब उद्योगीले सरकारी मापदण्ड पूरा गरेको अवस्थामा ४३ र ५३ ग्रेड लेख्न पाउने भएका छन् । “सरकारले छुट्टै मापदण्ड बनाएको छ, त्यो पूरा गर्ने उद्योगीले ४३ र ५३ ग्रेड लेख्न पाउँछन्”, महानिर्देशक पुडासैनीले भन्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको