Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे अन्तिम दिन बढ्याे डलरकाे भाउ, अरू मुद्राकाे के भयाे ?

निशा हुमाँगाई

शुक्रबार, १० माघ २०७६, १० : ३४ मा प्रकाशित

साताकाे अन्तिम दिन बढ्याे डलरकाे भाउ, अरू मुद्राकाे के भयाे ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार साताकाे अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेकाे छ ।

त्यसैगरी, शुक्रबार एक कुवेती दिनारको खरिददर ३७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४० पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २७ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ पैसा ०९ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा तोकिएको छ ।

यसका साथै, शुक्रबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको छ । यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ९२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको