अर्थ संसार, काठमाडौं – नेपाली बजारमा साताकाे पहिलाे दिन आज (आइतबार) पनि सुनकाे मूल्य बढेकाे छ । शुक्रबार ताेलामा दुई सयले बढेर प्रतिताेला ७५ हजार २ सय रुपैयाँ पुगेकाे सुनकाे मूल्य आज पनि ताेलामा ३ सय रूपैयाँ बढेर ७५ हजार ५ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार चाँदीकाे मूल्य पनि ताेलामा १० रुपैयाँ बढेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस