अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज (साेमबार) नेपाली बजारमा एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा रहेकाे छ ।
त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा रहेकाे छ ।
त्यसैगरी, साेमबार एक कुवेती दिनारको खरिददर ३७४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७२ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४८ पैसा रहेकाे छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ र बिक्रीदर २८ पैसा १५ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकिएको छ ।
यसका साथै, साेमबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस