Like us!
Follow us!
Connect us!
Watch us!

प्रोभिडेन्ट मर्चेन्टको छैठौं साधारणसभा, चुक्तापूँजी १० करोड पुर्याइने

अर्थ संसार

मंगलबार, १४ माघ २०७६, १७ : ५३ मा प्रकाशित

प्रोभिडेन्ट मर्चेन्टको छैठौं साधारणसभा, चुक्तापूँजी १० करोड पुर्याइने

अर्थ संसार, काठमाडौं– प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौं साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले उद्देश्य मिल्ने अरु कम्पनीहरुसँग मर्जरमा जान संचालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।

कम्पनीको चुक्तापूँजी ४ करोड १२ लाख रुपैयाँ छ । यस्तै अधिकृत पूँजी १० करोड र जारी पूँजी ८ करोड रुपैयाँ छ । कम्पनीले पूँजी बृद्धि गर्न हाल कायम रहेका संस्थापक शेयरधनीहरूलाई हकप्रद सेयर गर्न आह्वान गरेको प्रबन्ध निर्देशक बिमल तिवारीले जानकारी दिए ।

शेयर संवाद :अनलाइन प्रणालीमा समस्या आउँदा ठूला लगानीकर्ता उम्किए, साना फसे, राधा पोखरेल-अध्यक्ष, एन.पि.एल (भिडियो-अन्तरवार्ता) 

कम्पनी गत आर्थिक बर्षमा १ लाख १९ हजार ४ सय रुपैयाँ नोक्सानमा छ । सेयर बजारको खस्कदो अबस्थामा समेत ठूलो नोक्सानी हुनबाट कम्पनीलाई जोगाउन सकेको प्रबन्ध निर्देशक तिवारीले बताए । उनले कम्पनीको ग्राहक संख्या र आम्दानी बढ्दो क्रममा रहेको बताउँदै आगामी बर्ष बुटवल, नारायणगढ र जनकपुरलगायतका सहरमा शाखा विस्तार गर्ने जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको