Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

विहीबार, १६ माघ २०७६, १० : ५० मा प्रकाशित

बिहीबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बिहीबार) एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३१ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेकाे छ ।

त्यसैगरी, बिहीबार एक कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ९५ पैसा  तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २० पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ ०२ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ ।

यसका साथै, बिहीबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ९३ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको