Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंककाे ऋणपत्रमा दरखास्त दिने आज अन्तिम दिन

निशा हुमाँगाई

शुक्रबार, १७ माघ २०७६, ११ : ४७ मा प्रकाशित

कृषि विकास बैंककाे ऋणपत्रमा दरखास्त दिने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं - कृषि विकास बैंक लिमिटेडकाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ ।

बैंकले ७ वर्ष अवधि तथा वार्षिक १०.३५ प्रतिशत व्याजदर भएकाे प्रति ऋणपत्र हजार अंकित मूल्यका २५ लाख कित्ताले हुन आउने रू.२ अर्ब ५० कराेड बराबरकाे ऋणपत्र मध्ये १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल  रू. १५० कराेड ऋणपूँजी रकम व्यक्तिगत तवर बाट बिक्री गर्ने गरी निष्काशनमा ल्याएको थियो ।

त्यस्तै, बैंकले १० लाख ऋणपत्रले हुन आउने कुल रू. १०० कराेड ऋणपूँजी रकम सर्वसाधारणकाे लागि माघ १४ गते बाट निष्काशन गरेकाेमा आज (माघ १७ गते)  सम्म मात्र दरखास्त दिन पाइनेछ ।

यसैगरी, उक्त ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि दरखास्त दिन पाउनेछन् ।

ऋणपत्र खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा (ASBA) सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको