Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकद्धारा जनप्रभात उच्च मा.वि.मा सूचना प्रविधिकाे कक्षा स्थापना

निशा हुमाँगाई

शुक्रबार, १७ माघ २०७६, १५ : ०४ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकद्धारा जनप्रभात उच्च मा.वि.मा सूचना प्रविधिकाे कक्षा स्थापना

अर्थ संसार, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३ नम्बर प्रादेशिक कार्यालय काठमाडौं र शाखा कार्यालय टेकुले संयुक्त रूपमा आयोजना गरी कालिमाटी स्थित जनप्रभात उच्च मा.वि.मा सूचान तथा संचार प्रविधि (ICT) कक्षाको स्थापना गरी कक्षामा आवश्यक सूचना प्रविधि सम्बन्धी सामग्रीहरूको हस्तान्तरण गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोललाई सरस्वती पूजाको दिन सहयोग हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी विद्यालयका विद्यार्थीहरूको क्षमता बृद्धिका लागि स्थापना गरिएको सूचान तथा संचार प्रविधि कक्षाले सहयोग पुर्याउने बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोलले सुचना प्रविधि कक्षा भन्नाले कम्प्यूटर सीप वृद्धि गर्नु मात्र बुझिन्छ तर वास्तवमा संचार र सुचना प्रविधि कक्षा भनेको कम्प्यूटर र अन्य प्रविधि जस्ता उपकरणको प्रयोग गरी अडियो भिडियो प्रणाली मार्फत शैक्षिक विषयमा विद्यार्थीहरूलाई मनोरन्जन मुलक रूपमा ज्ञान दिने बताएका छन् । 

यस्तै, सो कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, ३ नम्बर प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, शाखा कार्यालय टेकुका प्रबन्धक युवराज घिमिरे, प्रबन्धक रविन्द्र पोखरेल, उपप्रबन्धक गणेश प्रधान, विद्यालयका प्रधानाध्यापक सत्यन्द्रलाल कर्ण,  शिक्षिका विजयाश्री बज्राचार्य लगायतको उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको