अर्थ संसार, काठमाडौं – आज (साेमबार) शेयर बजार २.४९ अंकले बढेकाे छ । कुल १७७ वटा कम्पनीको ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ रुपैयाँको कारोबार भएकाे छ ।
१३४६.६४ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स शेयर बजार बन्द हुँदासम्म बढेर १३४९.१३ अंकमा आइपुगेको छ ।
साेमबार विकास बैंक ३०.५८ अंक, जलविद्युत ४८.४४ अंक, निर्जिवन लाइफ ५९.२७ अंक, अन्य ०.४४ अंक र सामूहिक लगानी कोष समूह ०.०६ अंकले बढेकाे छ ।
त्यसैगरी, बैंकिङ ३.३६ अंक, व्यापार २.३८ अंक, हाेटल १७.०१ अंक, फाइनान्स ०.७९ अंक, उत्पादन ३.१३ अंक, माइक्राेफाइनान्स ७.७५ अंक र लाइफ इन्स्योरेन्स ४२.८ अंकले घटेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस