Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सकाे सभा फागुन १६ गते , कहाँ र बुकक्लाेज कहिले ?

निशा हुमाँगाई

मंगलबार, २१ माघ २०७६, १० : ३६ मा प्रकाशित

सेन्ट्रल फाइनान्सकाे सभा फागुन १६ गते , कहाँ र बुकक्लाेज कहिले ?

अर्थ संसार, काठमाडाैं - सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्नाे २३ औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे माघ १९ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे २३ औँ वार्षिक साधारण सभा फागुन १६ गते शुक्रबार, नेपाल प्रशासनिक प्रशिक्षण, जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट शुरू हुनेछ ।

यसैगरी, सभामा सञ्चालक समितिले सिफारिस गरेकाे चुक्ता पुँजीकाे ७ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि माघ २८ गते मंगलबारका दिन संस्थाकाे शेयर दाखिला खारेज बन्द गर्ने भएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5e38f8638b813.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको