अर्थ संसार, काठमाडौं – चौथो संस्करणको ‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’ Special Edition For Visit Nepal 2020 को अडिसन शनिबार हुने भएको छ । उक्त अडिसन पोखरा चिप्लेढुङ्गा स्थित क्लाउड नाइन रेष्ट्रोमा हुने आयोजक एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले जानकारी दिएका छन् ।
देशव्यापी आवेदन आह्वान गरेको यो कार्यक्रममा पोखरासँगै आसपासका अन्य जिल्लाका सहभागीहरू पनि अडिसनमा सहभागी हुँदैछन् । विभिन्न चरणको अडिसन पश्चात फाइनलका लागि देशभरबाट ३० जना प्रतियोगीहरू छनौट गरिने कन्टेस्टका कार्यक्रम संयोजक संगम रेग्मीले बताएका छन् ।
यस्तै, अडिसनमार्फत छनौट भएका प्रतिस्पर्धीहरूलाई हस्पिटालिटी क्षेत्रका विज्ञहरूले बन्द प्रशिक्षण दिने कार्यक्रम संयोजक रेग्मीको भनाइ छ ।
प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् ।
यसैगरी, कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले भ्रमण २०२० लक्षित आन्तरिक भ्रमण प्याकेजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्के्िटङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरू दिईने आयोजकले बताएको छ ।
नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाइरहेको सन्र्दभमा भ्रमण वर्षलाई टेवा पुग्ने गरि चौथों सिजनलाई Special Edition For Visit Nepal 2020 को रूपमा आयोजना गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस