अर्थ संसार, काठमाडौं – आज (बुधबार) शेयर बजार ५.३१ अंकले बढेकाे छ । कुल १७७ वटा कम्पनीको ३२ लाख ६० हजार १९८ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ८ करोड २४ लाख ८३ हजार ९०९ रुपैयाँको कारोबार भएकाे छ । हिजाे १ अर्ब ५७ करोड १ लाख ६६ हजार १६३ रुपैयाँको कारोबार भएकाे थियाे ।
१३३७.०४ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स शेयर बजार बन्द हुँदासम्म बढेर १३४२.३६ अंकमा आइपुगेको छ ।
बुधबार बैंकिङ ३.७७ अंक, व्यापार २८.०४ अंक, हाेटल ५३ अंक, फाइनान्स ५.४ अंक, निर्जिवन लाइफ २६.४८ अंक, अन्य ११.१३ अंक, माइक्राेफाइनान्स ६.०२ अंक र लाइफ इन्स्योरेन्स ३८.२६ अंकले बढेकाे छ ।
त्यसैगरी, विकास बैंक २.२३ अंक, जलविद्युत ६.१२ अंक, उत्पादन ११.०७ अंक र सामूहिक लगानी कोष समूह ०.१३ अंकले घटेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस