Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायीको दुखेसो : दैनिक २-३ लाखको व्यापार हुन्थ्यो अहिले २०-३० हजार पनि हुन छाड्यो (भिडियोसहित)

मिलन खड्का

विहीबार, २३ माघ २०७६, १७ : ११ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– सस्तो सामान पाउने भनेर चिनिने महाबौद्ध चहलपहलका हिसाबले अहिले पनि उतिकै व्यस्त छ।  शहरका अरु ठाउँ भन्दा अलि सस्तोमा सम्मान पाइने र धेरै कुराहरु एउटै ठाउँमा पाइने हिसाबले पनि यहाँ आउने ग्राहकले रुचाएको किनमेल गन्तव्यमा पर्दछ यस ठाउँ।

मानिसको आवतजावतका साथै सामान ओसारपोसारले साँघुरिएको यस क्षेत्रको बाटोमा हिड्न निकै अप्ठ्यारो हुने गर्छ । अझ काठमाडौँको थपिएको सवारीसाधन , त्यसमा पनि दुई पाङग्रे गलिमा छिरेपछी बाटोमा खुट्टा राख्न पनि हम्मेहम्मे परिहाल्छ।

त्यस्तै हम्मेहम्मे सहेरै पनि महाबौद्धको  चहलपहल र व्यापार बुझ्न छिरेको हामीलाई सुरुमै पर्किङ्ग समस्याले अफ्ठ्यारो पार्यो। हामि जस्तै दर्जनौ अरु पनि आफ्नो बाइक र इस्कुटर लिएरै पर्किङ्ग स्थान खोज्दै दौडेको हाम्रै आँखा अगाडी देखिरहेको थियौ।

झन्डै आधा घण्टापछि एकजना चिनजान साथीको पसल अगाडी छोटो समय माग्दै हामी महाबौद्धको मोबाइल हबमा पुग्यौ। महाबौद्धको ब्यापार बुझ्न गएको हामीले त्यहाँ  देखेको पर्किङ्ग समस्याले ब्यापारमा कस्तो असर गर्न खोजेको पनि बुझ्न खोजेका छौ। 

हेर्नुहोस व्यापारीले के भने  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको