Like us!
Follow us!
Connect us!
Watch us!

बालुवाटार प्रकरण मात्रै होइन वाईडबडी काण्डमा पनि कारबाही प्रक्रिया अघि बढाउनुपर्छ : शेरबहादुर तामाङ (भिडियो )

मिलन खड्का

विहीबार, २३ माघ २०७६, १८ : २८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले वर्तमान सरकार आएपछि ललिता निवासको जग्गा प्रकरणको भ्रष्टाचार काण्ड बाहिर ल्याएको स्पष्ट पारे । उनले भने,‘यो सरकार आएपछि म भ्रष्टाचार गर्दिन् र हुन दिन्न भनिएको छ, यो प्रकरणले गर्दा भ्रष्टाचारीमाथि आज एउटा प्रक्रिया सुरु भएको छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले ललिता निवासको सरकारी जग्गालाई लिएर अख्तियार दुरुपयोग अनुशन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा दर्ता गरेपछि आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकार आएपछि यो प्रकरणको छानबिन अघि बढेको स्पष्ट पारेका हुन् । उनले भने,‘अख्तियारले अहिले मुद्दा दायर गरेको छ ।’ उनले यो प्रकरणमा मुछिएका केही व्यक्तिहरुको उन्मुक्तिको विषयमा प्रश्न उठेकोबारे टिप्पणी गर्दै उनले भने,‘समानान्तर रुपमा यो प्रकरणमा तीन वटा निकायले छानबिन गरिरहेको छ । पहिलो अख्तियार, दोस्रो सिआईबी र अर्को भनेको अकुत सम्पत्तिमा पनि छानबिन भैरहेको छ । अहिलेसम्म दुई वटा निकायको प्रतिवेदन बाहिर आएको छ । सिआईबीको रिपोर्ट छिट्टै आउँदैछ ।’

आयोजित साक्षात्कारमा बोल्दै अख्तियारलाई यो कदममा साथ दिनुपर्ने बताए । उनले भने,‘अख्तियारलाई अझै शक्तिशाली बनाउनुपर्छ । अहिले  जुन कदम चालेको छ। यो स्वागतयोग्य छ । हाम्रो समर्थन हुनुपर्छ ।’ उनले बालुवाटार जग्गा प्रकरणमा तीन तहबाट छानबिन तथा अनुशन्धान भैरहेको सुनाए । उनले भने,‘अख्तियार, सिआईबी र सम्पत्ति शुद्धिकरणबाट छानबिन भैरहेको छ । अख्तियारले अहिले मुद्दा दर्ता गरेको छ । सिआईबीले पनि कारबाही अघि बढाउला, यो प्रकरणमा जो जो व्यक्तिमाथि मुद्दा चलाईएको छ, यसमा अहिले नै उन्मुक्ति दिन खोजियो भन्नु हतार हुन्छ ।’

तामाङले यो प्रकरणमा अन्य निकायबाट पनि छानबिन भैरहेकोले अहिले नै कसैलाई उन्मुक्ति दिन खोजियो भनेर निक्र्यौल गर्नु हतार हुने तर्क गरेका हुन् । सबै निकायबाट रिपोर्ट आएपछिमात्रै कसले उन्मुक्ति पाउने हो ? कसले नपाउने हो भन्ने कुराको निक्र्यौल हुने तर्क गरे । उनले भने,‘हिजोमात्रै मुद्दा दर्ता भएको छ, आजै फलानोलाई उन्मुक्ति दिईयो भन्नु चाँडो हुन्छ ।’

यो प्रकरणमा अख्तियारकै पूर्व आयुक्तपनि मुछिएको सुनाउँदै भने,‘अख्तियारकै पूर्व प्रमुख आयुक्त यो प्रकरणमा मुछिनु र मुद्दा दर्ता हुनु भनेको मुलुकको लागि पनि सकारात्मक सन्देश हो । मलाई एकदमै गर्व लागेको छ । म सबैलाई धन्यवाद दिन चाहन्छु ।’ उनले आफू कानूनमन्त्री हुँदा सम्पत्ति सार्वजनिक गर्नुपर्छ भनेर आवाज उठाएको र कानून बनाउने पहल गरेको स्मरण गराए । उनले भने,‘सबैको सम्पत्ति छानबिन हुनुपर्छ, यदि अकुत देखियो भने कारबाही गर्नुपर्छ ।’

बालुवाटार प्रकरणमात्रै नभएर वाईडबडी, न्यारो बडीलगायत थुप्रै काण्डमा पनि कारबाही प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाई छ । उनले जनताको अदालतमा कसैले पनि उन्मुक्ति नपाउने तर्क गरे । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजय कुमार गच्छदारमाथि मुद्दा चलाईएको विरोधमा संसद अवरोध गरेकोमा आपत्ति जनाए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको