Like us!
Follow us!
Connect us!
Watch us!

निर्णय गर्ने फस्ट मेनलाई छुँदै नछुने, दाजुसित सक्दैन अनि भाउजुसँग कुँईकुँई गरेर न्याय हुन्छ ? डा. चन्द्र भण्डारी(भिडियो )

मिलन खड्का

विहीबार, २३ माघ २०७६, १८ : ५१ मा प्रकाशित

अर्थ संसार काठमाडाैं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सभाससद डा. चन्द्र भण्डारीले बालुवाटारको सरकारी जग्गा प्रकरणमा झण्डा र रसिदको आधारमा कसैले उन्मुक्ति पाउन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘कानूनको नजरमा सबै समान हुनुपर्यो । नेपालमा अहिले पोलिसी, पोलिटिकल र डेभलेपमेन्टमा भ्रष्टाचार छ । जबसम्म राजनीतिक भ्रष्टाचार नियन्त्रण हुँदैन् । तबसम्म अरु भ्रष्टाचार रोकिँदैन् ।’

उनले पाकिस्ताका प्रधानमन्त्री ईमरान खनाले केही दिनअघिमात्रै पत्रकार सम्मेलन गरेर देशमा भएको ठूला–ठूला भ्रष्टाचारको बारेमा बोलेको सुनाए । उनले भने,‘भ्रष्टाचारले आक्रान्त बनाएपछि देशले कहिल्यै पनि विकास गर्दैन् । हाम्रो देश विश्वकै सबैभन्दा राम्रो देश हो, प्राकृतिक रुपमा पनि हामी धनी छौं । नेपाल शिक्षा र मेडिकलमा पनि हब हो । योगमाया र वीर गोरखालीको देश हो ।’ उनले नेपालमा नेताहरु नेताको अर्थ नै नुबझिकन राजनीतिमा लागेको पनि तर्क गरे । 

‘नेताहरु दरबार बनाउन लागे, आफू र आफ्नालाई कसरी सम्पन्न बनाउने भन्ने मै यस्तो देखियो ।’–उनले भने,‘हाम्रा देशका प्रधानमन्त्री, मन्त्रीहरु र नेताहरु भनेको माग्ने देशका ठूला नेताको रुपमा परिचित छन् ।’ नेपाल विकास नहुनु भनेको बाधक नै भ्रष्टाचार भएको उनको टिप्पणी छ ।  नेपालमा ठूलाहरु बच्ने र सानाहरु मर्ने अवस्था रहेको दुरावास्था पनि भण्डारीले सेयर गरे । 

देशमा भएका संस्थाहरु बलिया भए भनेमात्रै देश बलियो हुने उनको तर्क छ । तर, नेपाल त पछिल्लो समय असफल राष्ट्रको रुपमा दर्ज हुन लागेको उनको गुनासो छ। उनले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्दा विभेद गरेको आरोप लगाए । उनले बालुवाटारको ललिता निवास प्रकरणमात्रै नभएर नेपालमा वाईडबडी, बुढीगण्डकी लगायत धेरैमा भ्रष्टाचार भएको टिप्पणी गरे । उनले नेपालमा भ्रष्टाचार वा गल्ती गर्ने कसैलाई पनि उन्मुक्ति दिन नहुने तर्क गरे । 

उनले अहिलेसम्म अख्तियारले तलकालाई मात्रै कारबाही गरिएको गुनासो पोखे । उनले भने,‘हिम्मत भए सिंहदरबारबाट कारबाही सुरु गर्नुपर्छ ।’ उनले आफूले त नेपालका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आवाज उठाएको पनि सुनाए । उनले भने,‘नेताहरुको सम्पत्ति सार्वजनिक गर्नुपर्छ, पारदर्शी बनाउनुपर्छ ।’ उनले यो प्रकरणमा आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदार मुछिएको विषयमा पार्टीले लिएको पछिल्लो निर्णय आफूलाई मान्य भएको बताए ।

उनले भने,‘विजय गच्छदारलाई कारबाही हुँदा त्यहाँ सँगै बसेकाहरुलाई पनि कारबाही हुनुपर्यो नि । निर्णय गर्ने फस्ट मेनलाई छुँदै नछुने, दाजुसित सक्दैन अनि भाउजुसँग कुँईकुँई गरेर न्याय हुन्छ ? पहिला ठूलो मान्छे समाउ न ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको