Like us!
Follow us!
Connect us!
Watch us!

शुभम पावरले डाक्याे एजिएम, कहाँ र कहिले ?

निशा हुमाँगाई

शुक्रबार, २४ माघ २०७६, १४ : ५१ मा प्रकाशित

शुभम पावरले डाक्याे एजिएम, कहाँ र कहिले ?

अर्थ संसार, काठमाडौं – शुभम पावर लिमिटेडले पाँचाैं वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीकाे माघ १६ गते सम्पन्न भएकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा फागुन १६ गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौंमा बिहान ११ बजेबाट शुरू हुनेछ ।

यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्ष आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीनेछ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेकिनेछ । र, सभामा सञ्चालक समितिकाे निर्वाचन गरिनेछ ।

5e3d2a18e0a4d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको