Like us!
Follow us!
Connect us!
Watch us!

छैटौं ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ (फोटोफिचर)

अर्थ संसार

शनिबार, २५ माघ २०७६, १७ : १२ मा प्रकाशित

छैटौं ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा छैटौं ‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी २०२०’ शुरू भएको छ । मिडिया स्पेस सोलुशन्स र भारतीय कम्पनी फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त प्रयासमा यो प्रदर्शनी आयोजना गरिएको हो । यस मेला मुख्य प्रायोजक भने बाहुबली सिमेन्ट रहेको छ ।

माघ २६ गतेसम्म चल्ने मेलामा विश्वभरका नेपालसहित विभिन्न मुलुकका २०० कम्पनीको सहभागी हुनेछन् । मेलामा २०० ओटा स्टलमा ३५० भन्दा बढी ब्रान्डका सामग्री प्रदर्शनी गरिएको छ ।  एक्स्पोमा विशेषगरी निर्माण क्षेत्रका सम्पूर्ण सामग्री पाइने आयोजकले जानकारी दिएको छ ।

घर निर्माणदेखि घरभित्रका लागि आवश्यक सामग्री समेत मेलामा पाइने छ । प्रदर्शनीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कम्पनीको सहभागिता रहेको छ । मेलाको स्टलबाट निर्माण कम्पनी, डिलर, सबडिलर र विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनको बारेमा जानकारी गराइने आयोजकले बताएको छ ।

प्रदर्शनीमा सहभागी हुने नेपाली तथा विदेशी कम्पनीको अनुपात ५०ः५० प्रतिशत हुने मिडिया स्पेस सोलुशन्सले जानकारी दिएको छ । आयोजकका अनुसार पहिलो मेलामा नेपाली र विदेशी कम्पनी सहभागिताको अनुपात ४०ः६० प्रतिशत थियो ।

5e3fed78af5e5.jpg 5e3fed78b6984.jpg 5e3fed794aa0c.jpg 5e3fed79a8241.jpg 5e3fed7a064b3.jpg 5e3fed7a0b2e5.jpg 5e3fed7a6913c.jpg 5e3fed7a74614.jpg 5e3fed7aa6661.jpg 5e3fed7ab2fa5.jpg 5e3fed7ae7687.jpg 5e3fed7b2f7c1.jpg 5e3fed7bbf6bf.jpg 5e3fed7c317b1.jpg 5e3fed7c34451.jpg 5e3fed7cf08c1.jpg 5e3fed7d7fe42.jpg 5e3fed7d835c4.jpg 5e3fed7e04cac.jpg 5e3fed7e500d5.jpg 5e3fed7e5e410.jpg 5e3fed7ecbeff.jpg 5e3fed7ed7e93.jpg 5e3fed7f398ef.jpg 5e3fed7f591e3.jpg 5e3fed7fb238b.jpg 5e3fed7fb4b6a.jpg 5e3fed8036c2b.jpg 5e3fed803dbe3.jpg 5e3fed80b3f49.jpg 5e3fed80b784b.jpg 5e3fed8118925.jpg 5e3fed812fcf6.jpg 5e3fed8188b0d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको