उका छिमेकी थारु महिलाहरु अहिले यही सीपलाई रोजगारीको आधार बनाएका छन् । ढक्की, खुत्रुक्केलगायतका सामान बेचेरै महिनामा १० हजार रुपैयाँजति बचाउने गरेको उनले बताइन् ।
‘निकुन्ज आउने पर्यटकले हाम्रा सामान मनपराउँछन्,’ उनले भनिन्, मन परेपछि उनीहरु मूल्य हेर्दैनन् ।’ उनीहरुलाई एउटा सामान बनाउन दुई दिनसम्म लाग्छ । महिलाहरुले एउटा हस्तकलाका सामान तीन सयदेखि पाँच सय रुपैंयासम्म बेच्ने गर्छन ।
उनीहरुलाई विभिन्न संघसँस्थाले तालिम दिएर कुशको सामान बनाउन योग्य बनाएका थिए । त्यसपछि यहाँका थारु महिलाहरु हस्तकला सामग्री बनाउन खप्पिस भएका छन् ।अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस