विवेक अर्याल
अर्थ संसार, धादिङ्ग-आँउदो फागुन २ गतेदेखि सुरु हु्न लागेको धादिङ महोत्सवमा ‘जिपलाइन’ को मज्जा लिन पाईने भएको छ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकाम धादिङबेसी स्थित खुल्ला मञ्च टुडिखेलमा सुरु हुने सातौं धादिङ महोत्सवमा ‘जिपलाइन’ को मज्जा लिन पाईने भएको हो ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन मुख्य आकर्षण हुने महासचिव लोकनाथ डल्लाकोटीर्ले बताए ।
महासचिव डल्लाकोटीका अनुसार शाहसिक पर्यटकीय प्रडक्ट मानिने तारमा झुण्डिएर रोमान्चक यात्रा गर्न सकिने ‘जिपलाइन’ महोत्सव अवलोकन कर्ताहरुको लागि नयाँ अनुभव हुने छ ।
महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस