अर्थ संसार, काठमाडौं – आज (बुधबार) पनि शेयर बजार ४.६० अंकले बढेकाे छ । कुल १७३ वटा कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ५० करोड ९७ लाख ८४ हजार ३११ रुपैयाँको कारोबार भएकाे छ ।
१३४१.०८ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स शेयर बजार बन्द हुँदासम्म बढेर १३४५.९७ अंकमा आइपुगेको छ ।
बुधबार व्यापार १३.४५ अंक, हाेटल ३.८७ अंक, फाइनान्स ३.८२ अंक, निर्जिवन लाइफ ८०.९७ अंक, उत्पादन २४.४१ अंक, अन्य १०.१९ अंक, माइक्राेफाइनान्स ५५.६३ अंक, लाइफ इन्स्योरेन्स ५८.३९ अंक र सामूहिक लगानी कोष समूह ०.०४ अंकले बढेकाे छ ।
त्यसैगरी, बैंकिङ २.९८ अंक, विकास बैंक ८.३८ अंक र जलविद्युत ६.९९ अंकले घटेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस