Like us!
Follow us!
Connect us!
Watch us!

ह्वात्तै बढ्याे लाइफ इन्स्योरेन्सकाे खुद बीमाशुल्क

निशा हुमाँगाई

विहीबार, ०१ फागुन २०७६, १४ : ४१ मा प्रकाशित

ह्वात्तै बढ्याे लाइफ इन्स्योरेन्सकाे खुद बीमाशुल्क

अर्थ संसार काठमाडाैं - लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले  दोस्रो त्रैमाससम्म आइपुग्दा ७ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा  ७.०४ प्रतिशत धेरै हाे । गत वर्ष कम्पनीले ७ करोड १७ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ७ अर्ब ६५ करोड ६८ लाख ६२ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ३२.४१ प्रतिशत धेरै हाे । गत वर्ष कम्पनीले ५ अर्ब ७८ करोड २२ लाख ९० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे प्रतिशेयर आम्दानी  ३ रुपैयाँ ८२ पैसा रहेको छ । त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४१ पैसा रहेकाे छ ।

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5e450f4064b0a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको