Like us!
Follow us!
Connect us!
Watch us!

जनयुद्ध र जन आन्दोलन नेकपाको साझा आन्दोलन : प्रदेश मन्त्री जम्कट्टेल

अर्थ संसार

विहीबार, ०१ फागुन २०७६, २० : २८ मा प्रकाशित

जनयुद्ध र जन आन्दोलन नेकपाको साझा आन्दोलन : प्रदेश मन्त्री जम्कट्टेल

विवेक अर्याल

अर्थ संसार, धादिङ- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जनयुद्ध जन आन्दोलन नेपाल कम्युनिष्ट पार्टि नेकपाको साझा आन्दोलन भएको बताउनुभएको छ ।

बिहिवार धादिङमा भएको २५ औ जनयुद्ध दिवस तथा जन आन्दोलन जनयुद्धमा भएको सहिदहरुको संझनामा आयोजित सहिद स्मृति सभामा बोल्दै मन्त्री जमकट्टेले जनयुद्ध जन आन्दोलन अव नेपाल कम्युनिष्ट पार्टि नेकपाको साझा आन्दोलन भएको बताउनुभयो ।

तात्कालिन एनेकपा माओवादि तथा एमाले, दुई पार्टी एउटै मात्र नभएको भन्दै अव समाजवाद जनताको जनवाद पार्टीको कार्यक्रमको नयाँ सस्लेषण समेत भएको बताउनुभयो ।

मन्त्री जम्कट्टेलले भन्नुभयो–“हामीले हरेक राजनीतिक आन्दोलन र क्रान्ति पछि धेरै चिजहरुको नयाँ सस्लेषण हुने नयाँ चिज प्राप्त गर्दछौ । मुख्य कुरा नेपालको सन्दर्भमा हेर्दा जनयुद्ध जन आन्दोलन र संबिधान सभा मार्फत नयाँ राज्य व्यवस्था प्राप्त गर्यौ यो नै व्यवस्थाको सस्लेषण हो ।”

उहाँले नेकपा माओवादि र नेकपा एमाले दुई पार्टी एक भयकाले अव  जनयुद्ध जन आन्दोलन साझा भयो नयाँ सस्लेषण भयको र त्यहि अनँुरुप नयाँ पार्टी बनेको बताउनुभयो । पहिले हाम्रो मार्ग निर्देशक सिद्धान्त अलग अलग रहेको बताउदै माक्र्सवाद नयाँ सस्लेषण भएको छ ।

समाजवाद हाम्रो अधिक्तम लक्ष्य जनताको जनवाद पार्टीको कार्यक्रम नयाँ सस्लेषण भएको समेत मन्त्री जम्कट्टेलले बताउनुभयो ।

मन्त्री जम्कट्टेलले अहिले नेकपा पार्टि नेतृत्वको  बर्तमान सरकारले अघि सारेको सुखी नेपाली र समृद्ध नेपाल बनाउने लक्ष अनुसार काम समेत गरीरहेको दावी गर्नुभयो । जनताको आधारभूत आवश्यकताहरु प्राप्ति पछि नै देस समृद्ध हुने भन्दै शिक्षा, स्वास्थ, रोजगारी, गाँस बाँस र कपास पूरा गरेर जनता सुखी बनाउने तिर अव सरकारको ध्यान केन्द्रीत भएको समेत उहाँले बताउनुभयो ।

२५ जनयुद्ध दिवसको अवसरमा मन्त्री जम्कट्टेलले धादिङको धुनिबेसी नगरपालिका स्थित् धार्केमा रहेको जनयुद्धका सहिद बैकुण्ठ रेग्मी र थाँक्रे गाँउपालिकाको महादेववेसिमा रहेको सहिद राजकुमार बास्कोटाको सालिकमा माल्यार्पण गर्दै सहिद परिवार भेटघट जनयुद्ध दिवस तथा जनयुद्ध तथा जन आन्दोलनका सहिदहरुको सम्झना गर्नुभएको थियो । कार्यक्रममाम मन्त्री जम्कट्टेलसंगै नेकपा धादिङका जिल्ला नेताहरुको उपस्थिती रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको