Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा निक्षेप विमा वापतको चेक हस्तान्तरण

अर्थ संसार

सोमबार, १२ फागुन २०७६, १९ : ५९ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा निक्षेप विमा वापतको चेक हस्तान्तरण

अर्थ संसार, काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडेको पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आउनु भएका स्वर्गीय राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले पाउने रकम रु ५ लाख निजको परिवारलाई हस्तान्तरण गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडका नायव महाप्रबन्धक  सुरेन्द्रराज रेग्मीले  स्वर्गीय राजु गिरीको परिवारलाई विमा वापतको रकम हस्तान्तरण गर्नुभयो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
 
बैंकले २७० शाखा, ३७ राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क  कार्यालय मार्पmत आफ्ना १९ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको