अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरूदण्डीय पक्षघात समुह नेपाललाई (Spinal Cord Injury Network Nepal) रू ३ लाख रूपैंया सहयोग गरेको छ ।
आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरूदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई रू ३ लाख रूपैंयाको चेक हस्तान्तरण गरेका हुन् ।
ग्लोबल आइएमई बैंकले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस