Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकद्धारा काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख रूपैंया आर्थिक सहयोग

निशा हुमाँगाई

बुधबार, १४ फागुन २०७६, १५ : ४५ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकद्धारा काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख रूपैंया आर्थिक सहयोग

अर्थ संसार, काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रूपैंया आर्थिक सहयोग गरेको छ ।

यस सम्बन्धमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइराला बिच समझदारीपत्रमा एक कार्यक्रममा बिच हस्ताक्षर भएको छ ।

उक्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले ५० लाख रूपैंयाको चेक किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन् । 

यस्तै उक्त अवसरमा किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाले हाल मुलुकभर करिव १ करोड २० लाख बालबालिका भएको र स्वास्थ्य उपचारको अवस्था कमजोर रहेकोमा बैंकको सिएसआरको पैसा बालबालिकाको उपचार हुने अस्पतालमा प्रयोग हुनु पूण्य कार्य भएको र यस्ता सहयोगले अधुरा परियोजनाहरू संचालनमा ल्याउन सघाउ पुग्ने बताएका छन् ।

बैंककाे संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले राज्यको पंहुच नपुगेको ठाउंमा बैंकले सिएसआर मार्फत सेवा दिइरहेको बताएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद लगायतको क्षेत्रमा बैंकले सिएसआर मार्फत सहयोग गरिरहेको बताए । 

काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत एउटा अस्पलाल संचालन गर्ने, तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर बृद्धि गर्ने, नियमनका विधि र प्रक्रियाको विकास गर्ने, नीति निर्धारण गर्ने लगायतका कार्य गर्ने गरी सवै प्रादेशिक बाल अस्पलातहरूका लागि श्रोत केन्द्रको रूपमा केन्द्रीय बाल अस्पताल संचालन गर्ने गरी स्थापना भएको बाल अस्पताल हो ।

काठमाडौंको बुढानिलकण्ठमा केन्द्रीय अस्पतालको रूपमा स्थापना हुने यो बाल अस्पताल मुनाफारहित कम्पनीको रूपमा रहेने र देशका सातै प्रदेशमा संचालन हुनेछ ।

त्यसैगरी, बैंकले चालु आर्थिक वर्ष को दोश्रो त्रैसमासमा २ अर्ब २० करोड रूपैंया खुद मुनाफा कमाएकाे छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९५ अर्ब रूपैंया, कर्जा १ खर्ब ४७ अर्ब रूपैंया र बेस रेट ६।६० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

 कार्यक्रम ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले संचालन गरेका थिए । कार्यकममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरू, विभागीय प्रमुखहरू किओचका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको