अर्थ संसार
काठमाडौं– शेयर लगानीकर्ताहरुलाई खुसीको खबर । खबर यो हो की धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुलाई लगानीकर्ताहरुले आफैले इन्टरनेटमार्फत घरबाटै कारोबार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
पूँजी बजारलाई व्यवस्थित गरी धितोपत्रको कारोबारलाई थप सहज, पारदर्शी, सरल, छिटो र लगानीमैत्री बनाउने उद्धेश्यले यो व्यवस्था लागू गर्न बोर्डले निर्देशन दिएको हो ।
लगानीकर्ताहरूबाट इण्टरनेटमार्फत प्राप्त खरीदविक्री आदेशलाई समय प्राथमिकताको आधारमा खरीदविक्री प्रणालीमा प्रविष्ट गर्न सकिने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।
त्यसै गरी बोर्डको निर्देशनअनुसार ग्राहकको परिचय (केवाइसी)का आधारमा लगानीकर्ता स्वयमलाई यूजर नेम र पासवर्र्ड दिई ग्राहकले इण्टरनेटमार्फत खरीदविक्री आदेश दिन सक्ने बनाउनु पर्नेछ ।
साथै, शेयर कारोबार सम्वन्धी सबै विवरण र सूचना समेत इण्टरनेट मार्फत लगानीकर्ताहरूले पाउन सक्ने व्यवस्था गर्न समेत बोर्डले निर्देशन दिएको छ ।
यस्ता छन फाईदा
यो अनलाइन प्रणाली शुरूवातपछि लगानीकर्ताहरूले ब्रोकर कार्यालयसम्म पुगेर शेयर खरीदविक्री आदेश दिनुपर्ने झण्झटिलो प्रणालीको अन्त्य हुनुका साथै धितोपत्रको अभिलेख सुदृढ भई यसले लगानीकर्तालाई विशेष सुविधा हुने देखिन्छ ।
शेयर कारोबारमा काठमाडौंभित्रका लगानीकर्ताको आकर्षण बढी देखिएको अवस्थामा यो प्रणाली पश्चात बाहिरका लगानीकर्ता समेत आकर्षण बढ्ने सम्भावन देखिन्छ ।
धितोपत्र दलाल व्यवसायीहरूले आफ्नो कारोवार, अभिलेख तथा सूचना प्रवाह व्यवस्थापन सम्बन्धमा नेपाल स्टक एक्सचेञ्जबाट स्वीकृत ब्याक अफिस सफ्टवेयर प्रयोग गरिरहेको अवस्थामा यो व्यवस्था कार्यान्वयनपछि पूँजी बजार थप नयाँ चरणमा प्रवेश गर्ने बोर्डको अपेक्षा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस