Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक, एफवीन र आईएलओबीच सम्झाैता

निशा हुमाँगाई

आइतबार, १८ फागुन २०७६, १२ : ४८ मा प्रकाशित

ग्लोबल आइएमई बैंक, एफवीन र आईएलओबीच सम्झाैता

अर्थ संसार, काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड, महिला उद्यमी महासंघ नेपाल (एफवीन) र अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच महिलाले सञ्चालन गरेका घरेलु, साना तथा मझौला व्यवसायको विकास तथा विस्तारमा आवश्यक वित्तीय पहुँच पुर्याउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, महिला उद्यमी महासंघका अध्यक्ष रिता सिंहा र अन्तराष्ट्रिय श्रम संगठन, नेपालका निर्देशक रिचार्ड होवार्डले काठमाडौंमा आयोजित सार्कस्तरीय रोजगारदाता मञ्चको एक कार्यक्रममा आ–आफ्नो संस्थाको तर्फबाट समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 

समझदारी अनुसार तीनवटै संस्थाले महिलाद्वारा प्रवर्धित घरेलु, साना तथा मझौला व्यवसायमा सहज तथा सरल रूपमा वित्तीय पहुँच पुर्याउन संयुक्त रूपमा काम गर्नेछन् ।

बैंकले घरेलु, साना तथा मझौला उद्योगलाई आवश्यक कर्जा सरल र सहज रूपमा लगानी गर्नेछ भने अन्तराष्ट्रिय श्रम संगठनले महिला उद्यमीहरूको क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ ।  

यसबाट संयुक्त राष्ट्र संघको दिगो विकाससम्बन्धी लक्ष्यको लैंगिक समानता तथा महिला सशक्तीकरणको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको