अर्थ संसार, काठमाण्डौं - उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।
प्रेस संयोजक घर्तीका अनुसार उपराष्ट्रपति पुनले स्वदेशमा नै मिर्गौला प्रत्यारोपण गरेमा स्वास्थ्य क्षेत्रमा जनताको विश्वास बढ्ने विचार प्रधानमन्त्रीसमक्ष राखेका थिए । विसं २०६७ मा उपराष्ट्रपति पुनको पनि मिर्गौलामा समस्या देखिएपछि स्वदेशमा नै उपचार भएको थियो । प्रधानमन्त्रीको तेह्र वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
त्यस्तै, प्रधानमन्त्री ओलीले गत तिहारपछि यता नियमित मिर्गौलाको डायलोसिस गराउँदै आउनुभएको छ। उहाँको बुधबार मिर्गौला प्रत्यारोपण गरिने तयारी छ । - रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस