Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको नयाँ शाखा बागलुङमा

विहीबार, २० असोज २०७३, ११ : ०४ मा प्रकाशित

लक्ष्मी बैंकको नयाँ शाखा बागलुङमा


अर्थ संसार  
काठमाडौं–लक्ष्मी बैंकले बुधबार नयाँ शाखा बागलुङ्गमा शुभारम्भ गरेको छ । आर्थिक र व्यापारीक दृष्टिकोणले प्रमुख भूमिका भएको त्यस क्षेत्रमा  शाखामार्फत सुविधाजनक नयाँ निक्षेप योजना र विभिन्न आवधिक बचत सेवाका साथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवा  प्रदान गर्ने बैंकले जनाएको छ ।

लक्ष्मी बैंकको शाखा संजाल अब ५५ पुगेको छ । यस्तै २ विस्तार काउन्टर र ७५ वटा एटिएम पुगेको विज्ञप्तिमा जनाइएको छ ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले ५ सयभन्दा बढी कर्मचारीमार्फत ३१ जिल्लामा आफ्नो सेवा पुर्याएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा ४८.१५  अरब निक्षेप र ४०.३५ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ५५ अरब रहेको छ । सोहि बर्ष बैंकले ११५ करोडको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गरेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको