Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फुटबल : कुराकाओसँग बराबरीमा रोकियो इक्वेडर

अर्थ संसार

आइतबार, ०७ असार २०८३, ०८ : ४५ मा प्रकाशित

विश्वकप फुटबल : कुराकाओसँग बराबरीमा रोकियो इक्वेडर

फिफा विश्वकप फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाओ र इक्वेडरबीचको खेल गोलरहित बराबरी भएको छ । यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए । 

कुराकाओ जर्मनीसँग ७–१ गोलले पराजित भएको थियो भने इक्वेडर आइभरीकोस्टसँग १–० गोलले पराजित भएको थियो । आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले १–१ अङ्क जोडेका छन् ।

विश्वकप फुटबलमा अहिले बिहान पौने १० बजे ट्युनिसिया र जापानले खेल्दैछन् । गएराति भएको खेलमा आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै जर्मनी नकआउट चरणमा पुगेको छ । यस्तै स्वीडेनमाथि ५–१ गोलको फराकिलो जित निकाल्दै नेदरल्यान्ड्स समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको