प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले आफ्नो पार्टीको पहिलो महाधिवेशनलाई अनौपचारिक र आक्रामक शैलीमा सम्बोधन गरेका छन्।
‘नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ’ भन्दै आफ्नो भाषण सुरु गरेका शाहले सरकारलाई 'एक्सिलेटर' मात्र नभई 'ब्रेक' पनि लगाउनुपर्छ भनेर चौतर्फी सुझाव आइरहेको भन्दै त्यसमाथि कडा टिप्पणी गरे। उनले वर्तमान सरकार कुनै लोकल गाडी नभएर 'एक्सप्रेस गाडी' भएको दाबी गर्दै यसको गति र दिशामा शङ्का नगर्न आग्रह गरे।
शाहले भने, ‘सरकार भनेको गाडीजस्तो हो, ब्रेक पनि लाउनुपर्छ भनेर धेरैले चिन्ता व्यक्त गर्नुभएको छ । लोकल रोडहरुमा हिँड्दाखेरि यो ठीक कुरा हो । तर हाम्रो पार्टी लोकल होइन, एक्सप्रेस गाडी हो । यो गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ । गन्तव्यभन्दा अगाडि ब्रेक लागनुपर्दैन । यो अनियन्त्रित पनि छैन ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस