प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सीमा समस्या समाधानका लागि ब्रिटेनको कुनै मध्यस्थता नखोजिएको स्पष्टीकरण दिएका छन्। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री शाहले आफूले कालापानी र लिपुलेक नेपालकै भूभाग हो भन्ने ऐतिहासिक प्रमाण सङ्कलनका लागि मात्र ब्रिटिश सरकारसँग समन्वय गर्न खोजेको प्रष्ट पारे।
आफूले राष्ट्रियता र सीमाको विषयमा आवाज उठाउँदा चौतर्फी आपत्ति जनाइएकोप्रति आश्चर्य व्यक्त गर्दै उनले देशको सार्वभौमिकता र राष्ट्रियताप्रतिको आफ्नो प्रतिबद्धतामा कसैलाई पनि शङ्का नगर्न आग्रह गरे।
उनले भने, ‘हामीले सीमाको विषयमा बोल्दा उहाँहरुले पनि आफ्नो आपत्ति जनाउनुभयो । मलाई अचम्म लाग्यो । तपाईंहरुसँग प्रमाण छ भने ल्याउनुस, हामीसित त प्रमाण छ । कालापानी लिपुलेकको प्रमाण छ । ब्रिटिशले राज गर्दा कालापानी लिपुलेकको त्यो प्रमाण ल्याउँछौं भनेका हौं । ब्रिटिशलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौं । हामी हाम्रो छिमेकीसित आफैं कुरा गरेर मिलाउँछौं । हामीसित प्रमाण छ र हामी ल्याउँछौं । त्यो कुरा गरिएको हो । यसमा आशंका मान्नु पर्दैन । मेरो राष्ट्रियतामा कुनै पनि आशंका गर्नु पर्दैन ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस